वैखरी अनलाईन, बाणगंगा ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता जिल्ला फर्कन थालेपछि बाणगंगासहित कपिलवस्तुका मुख्य बजार क्षेत्र सुनसान देखिएका छन्।
मंगलबारदेखि नै जिल्ला सदरमुकाम तौलिहवा, चारनम्बर जितपुर, गारुसिंगे, चन्द्रौटा, कृष्णनगर छाड्न थालेकाहरुको संख्या शनिबारसम्म २० हजार बढी पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ।
अहिले बजार क्षेत्रमा मानिसहरुको चहलपहल कम छ । व्यापारीहरु पनि व्यापार नै बन्द गएर भोट हाल्न गाउँ फर्किएका छन् । सवारी साधानको आवगमनमा कमी आएको छ ।
चुनावी सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदानको अघिल्लो दिन राति १२ बजेदेखि यातायातमा रोक लगाएकाले पनि दलहरुले नै मतदातालाई गाउँ लैजाने व्यवस्था मिलाएका छन्।








