वैखरी अनलाईन, बाणगंगा ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कपिलवस्तु जिल्ला कारागारका ५६ जना कैदीबन्दीले मतदान गरेका छन् ।
कारागारका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेका हुन्।
कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो ।
कारागारमा रहेका ५७ जना कैदीबन्दी मध्ये ५६ र तीन जना नेपाली सेना गरेर ५९ जनाले मतदान गरेका कपिलवस्तु कारागारका जेलर मनोज सैनीले जानकारी दिए । ५७ जना कैदीबन्दी मध्ये एक जना रिहा भइसकेको उनले बताए ।
जिल्ला कारागारमा ४ सय ६९ जना कैदीबन्दी छन्, जसमध्ये ५६ जनाले मतदान गर्न पाएका हुन् ।