अर्घाखाँची ।
अर्घाखाँचीमा प्रतिनिधि सभाको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।
अहिलेसम्म तीन हजार आठ सय ६४ मतगणना हुँदा एमालेका टोपबहादुर रायमाझीले दुई हजार दुई सय दुई मतसहित अग्रता लिइरहनुभएको हो ।
उहाँलाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले एक हजार चार सय ४० मतसहित पछ्याइ रहनुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले ९९ मत प्राप्त गर्नुभएको छ ।








