गृहपृष्ठ Featured अर्घाखाँचीमा एमालेका रायमाझीको अग्रता कायमै

अर्घाखाँचीमा एमालेका रायमाझीको अग्रता कायमै

अर्घाखाँची ।

अर्घाखाँचीमा प्रतिनिधिसभा १ का उम्मेदवार तथा एमाले सचिव टोपबहादुर रायमाझीले मतपरिणाम गणना भइरहँदा अग्रता कायम गरेका छन् । रायमाझीले २२ सय २ मत ल्याउँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार पुष्पा भुसाल गौतमले १४ सय ४० मत ल्याएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसालले ९९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेशसभा १ मा एमालेका चेतनारायण आचार्यले १८ सय ३ मत ल्याएर अग्रता कायम गरेका छन् भने गठबन्धनका तर्फबाट राजमोका सागर केसीले १२ सय २५ मत ल्याएका छन् ।

प्रदेशसभा २ मा गठबन्धनबाट कांग्रेसका कमलप्रसाद भुसालले १८ सय ३ मत ल्याएर अग्रस्थानमा छन् । एमालेका रामजी प्रसाद घिमिरेले १२ सय २५ मत ल्याएका छन् ।

सम्बन्धित् समाचार