गृहपृष्ठ Featured प्यूठानमा एमालेका थापालाई सुरुवाती अग्रता

प्यूठानमा एमालेका थापालाई सुरुवाती अग्रता

प्यूठान ।

बिहान ९ बजेदेखि प्यूठानको मतगणना सुरु भएको छ । हालसम्मको मतपरिणामअनुसार नौबहिनी गाउँपालिका वडा नम्बर १, २ र ३ को मतगणना गर्दा एमालेका सूर्यबहादुर थापा क्षेत्री २ सय ८९ मतले अगाडि छन् ।

एमालेका थापाले १ हजार ९ सय ९० मत प्राप्त गर्दा जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले १ हजार ७ सय १ मत प्राप्त गरिन् । एउटा मात्रै प्रतिनिधिसभा रहेको प्यूठानमा एमालेका थापा र जनमोर्चाकी पौडेलबीच प्रमुख प्रतिस्पर्धा रहेको छ ।

त्यस्तै प्यूठान प्रदेशसभा १ मा गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी प्रकाशले सुरुवाती अग्रता कायम गरेका छन् । अधिकारीले ७ सय ८९ मत प्राप्त गर्दा नेकपा एमालेका तुल्सीराम शर्माले ६ सय ९८ मत प्राप्त गरेका छन् । ४३ मत बदर भएको छ । एमालेका शर्माभन्दा माओवादीका अधिकारी ९१ मतान्तरले अघि छन् ।

यस्तै प्रदेशसभा २ मा एमालेका हरि रिजाललाई पछि पार्दै कांग्रेसका सरोज थापाले अग्रता कायम गरेका छन् । नौबहिनी गाउापालिका वडा नं. ३ को मत गणना गर्दा गठबन्धनका राणाले ५ सय ३९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी एमालेका हरि प्रसाद रिजालले ४ सय ९० मत प्राप्त गरेका छन् । नेपाल मङ्गोल नेसनल अग्रनाइजेसनका रुपलाल बुढामगरले ७, राप्रपाका लालवीर घर्ती मगरले ६ र स्वतन्त्र उम्मेदवार माधव केसीले १ मत प्राप्त गरे ।

सम्बन्धित् समाचार