गृहपृष्ठ Featured रौतहट-१ मा माधव नेपालको अग्रता

रौतहट-१ मा माधव नेपालको अग्रता

रौतहट ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मतगणनाको सुरुवातीदेखि नै करिब १ हजार मतले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनलाई चुनौती दिँदै एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइरहेका छन् ।

दुवैबीच भारी मतअन्तर भने छैन । रौतहटको २ र ३ मा स्वतन्त्र उम्मेदवार अघि छन् । चारमा सत्ता गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् ।

समाजवादीका अध्यक्ष नेपाल रौतहट १ मा ९ हजार ७ सय ३२ मतका साथ अगाडी छन् । त्यहाँ एमालेका अजयकुमार गुप्ताको ८ हजार ८ सय ६४ मत छ । ८ सय ६८ मतले नेपाल अघि छन् । नेपाल र गुप्ताबीच मतगणनाको सुरु देखिनै हजारतलकै मत अन्तर छ । अध्यक्ष नेपालले यही क्षेत्रमा २०५६ सालको संसदीय निर्वाचनमा जितेका थिए ।

सम्बन्धित् समाचार