गृहपृष्ठ Featured बाँके–२ मा राप्रपा महामन्त्री राणा विजयी

बाँके–२ मा राप्रपा महामन्त्री राणा विजयी

प्रकाशित मिति:

नेपालगञ्ज । 

बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल शम्शेर राणा विजयी भएका छन्। यो निर्वाचन क्षेत्रमा एमाले र राप्रपाबीच गठबन्धन बनेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीका अनुसार राणाले २९ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन्।

उनले जनता समाजवादी पार्टी नेपालका मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मतान्तरले जितेका हुन्। राईले २३ हजार ५२० मत ल्याएका छन्। नेपाली कांग्रेसको गढ मानिएको बाँके क्षेत्र नं. २ मा कांग्रेसका सुदीपनरसिंह राणाले भने चार हजार ४०३ मत मात्र ल्याएका छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरिले एक हजार ३३३ मत ल्याएका छन्।

बुधबार बिहानसम्म बाँके क्षेत्र नं. १ मा एमालेका सूर्यप्रसाद ढकाल १२ हजार ४२३ मतले नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथक भन्दा अघि छन्। अथकले १० हजार ८८३ मत ल्याएका छन्। त्यसैगरी बाँके क्षेत्र नं. ३ मा कांग्रेसका किशोर सिंह राठौरको अग्रता छ। राठौरले १५ हजार २६९ ल्याएर अग्रता लिएका छन्। उनलाई एमालेका किश्मतकुमार कक्षपतिले १२ हजार ७५० मत ल्याएर पछ्याइरहेका छन्।

सम्बन्धित् समाचार