गृहपृष्ठ Featured जर्मनीविरुद्ध जापानको शानदार जीत

जर्मनीविरुद्ध जापानको शानदार जीत

प्रकाशित मिति:

काठमाडौं ।

चार पटकको विजेता जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गर्दै जापानले कतारमा जारी फिफा विश्वकप २०२२मा सानदार सुरुआत गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधवार सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु दोआन र ताकुमा आस्नोले गोल गरे । भने जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे ।

खेलको ३३औँ मिनेटमा गुन्डोगनले पेनाल्टीमार्फत गरेको गोलमा अग्रता लिएको जर्मनीले अन्तिमसम्म त्यसलाई बचाउन सकेन ।

मैदान प्रवेश गरेको पहिलो मिनेटमै दोआनले गोल गर्दै जर्मनीविरुद्ध खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
उनी ७४औँ मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ८३औँ मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ले सुनिश्चित गरे ।

जितसँगै समूह ‘ई’ मा जापानले तीन अंक जोडेको छ । जर्मनीले ९९९४ देखि सुरुआती अग्रता लिएर पहिलो पटक विश्वकपको पहिलो खेलमा पराजय बेहोरेको हो ।

सम्बन्धित् समाचार