गृहपृष्ठ Featured रुपन्देही-२ का विजेतालाई निर्वाचन आयोगद्धारा प्रमाणपत्र

रुपन्देही-२ का विजेतालाई निर्वाचन आयोगद्धारा प्रमाणपत्र

बुटवल ।

रुपन्देही-२ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा विजयी भएका प्रतिनिधिहरूलाई निर्वाचन कार्यालयले प्रमाणपत्र दिएको छ ।

प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल तथा प्रदेशसभा सदस्य २(१) मा एमालेकै लिला गिरी र २(२) मा पनि एमालेका भोजप्रसाद श्रेष्ठ विजयी भएकाे घाेषणा गर्दै निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको हो ।

एमालेका नेता कार्यकर्ताले खचाखच भरिएको निर्वाचन कार्यालय प्रमाणपत्र दिएसँगै र्‍याली सुरु भएको थियो ।

र्‍यालीले बुटवल बजार क्षेत्र तथा रुपन्देही-२ का विभिन्न क्षेत्र परिक्रमा गर्ने नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

सम्बन्धित् समाचार