इन्जुरी समयमा मोरक्कोका हाकिम जिएचको गोल रद्द भएपछि विश्वकपको समूह ‘एफ’अन्तर्गत बेल्जियमविरुद्धको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफको इन्जुरी समयमा जिएचले गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।
समूह चरणको पहिलो खेलमा बेल्जियमले क्यानडालाई १–० गोलको नतिजामा पराजित गरेका थियो। पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा अल्झिएको मोरक्को आजको खेल जित्नै पर्ने दबाबमा छ।
आइतबार नै भएको समूह ‘ई’को खेलमा जापान कोस्टारिकासँग १–० गोलको नतिजामा पराजित भएको थियो।








