गृहपृष्ठ Featured चुनाव हारे पनि जनताको सेवामा निरन्तर लाग्छु : घिमिरे

चुनाव हारे पनि जनताको सेवामा निरन्तर लाग्छु : घिमिरे

वैखरी अनलाइन, बाणगंगा ।

नेपाली कांग्रेसका नेता डोलकराम घिमिरेले चुनाव हारेपनि जनताको सेवामा निरन्तर लाग्ने बताएका छन ।

लोकतन्त्रको अभ्यासका क्रममा चुनावमा हारजितलाई आफुले स्वभाविक रुपमा लिने बताउदैँ घिमिरेले चुनाव हारेपनि जनताको सेवामा निरन्तर लाग्ने बताएका हुन ।

वैखरी अनलाइनसगं कुराकानी गर्दै कपिलवस्तु क्षेत्र नः १ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले चुनावपछि अझ थप सक्रिय भएर समाजसेवामा निरन्तर लाग्ने बताएका हुन ।

३५ बर्षदेखि कपिलवस्तुको बाणगंंगामा रही नेपाली कांग्रेसको सक्रिय राजनिति र समाजसेवा लागेका घिमिरे कपिलवस्तु उद्योेग बाणिज्य सघंका अध्यक्ष समेत रहेका छन ।

मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सहभागी हुनेमतदातालाई आभारसहित आफनो पक्षमा प्रचारमा लाग्ने, पार्टी तथा गठबन्धनमा आवद्ध नेता तथा कार्यकर्ता र आफुलाई मतदान गर्ने सबैलाई उनले धनयवाद समेत दिएका छन ।

सम्बन्धित् समाचार