कपिलवस्तु ।
युवा युवतीकालागि कपिलवस्तुको तौलिहवामा बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिप बिकास तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा तौलिहवा स्थित सिया उन्ड क्राफ्टको प्राबिधिक सहयोगमा तालिम सुरु गरिएको हो ।
सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्रचार्यले खुला संग्रहालयकारुपमा रहेको कपिलवस्तुमा बुद्धकालीन मुर्तिको तालिम संचालन गर्नु राम्रो काम भएको बताए ।
उनले अबको केही बर्षमा तिलौराकोट समेत बिश्व संपदा सुचीमा सुचीकृत हुने र त्यसले गर्दा पर्यकटको आगमन बढने बताए । त्यही पर्यटकहरुकालागि लक्षित गरेर मुर्ति बनाउने सिप राम्ररी सिक्न उनले आग्ह गरे । सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिष्णु पोख्रेलले प्रदेश सरकारले सिपलाई बुद्धसंग जोडर यो कार्यक्रम संचालन गरेको बताए । प्राप्त सिप र ज्ञानलाई ब्यवहारिक जीवनमा उतारेर आयआजृन गर्न उनले आग्रह गरे ।
सो अवसरमा घरेल् तथा साना उद्योगका लेखापाल गोबिन्द प्रसाद तेली र सिया आर्ट एन्ड क्राफ्टका बाल गोबिन्द त्रिपाठीले शुभकामा मन्तब्य दिएका थिए । तालिम १५ जना युवा युती सहभागी छन । सहभागीहरुलाई रेजिन र फाईबरको मुर्ति बनाउन सिर्काने छ । यस्तै रंग तथा त्यसमा चाहिने सामाग्रीहरु बारे समेत जानकारी गराईने छ ।
उता घरेलु तथा साना उदोगले चन्द्रौटामा किशोर किशोरीकालागि ३ महिने सिलाई कटाई तालिम समेत सुरु गरेको छ ।








