गृहपृष्ठ Featured नरैनापुर गाउँपालिकामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा

नरैनापुर गाउँपालिकामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा

नरैनापुर गाउँपालिकामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । पेट्रोल पम्प सञ्चालनमा आएपछि त्यहाँका सवारीचालकलाई भारतीय र नेपालगन्जका पेट्रोल पम्पको निर्भरता हटेको छ । अब त्यहाँका सवारीचालकले आफ्नै ठाउँमा पेट्रोल, डिजेल हाल्न पाउने भएका छन् ।

स्टार रिफ्युलिङ सेन्टरले नरैनापुर गाउँपालिका–५ मटेहियामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा ल्याएपछि नेपालगन्ज र भारतीय पेट्रोल पम्पमा धाउनुपर्ने बाध्यता हटेको स्थानीय विनय दीक्षितले बताए । ‘पेट्रोल भर्न नेपालगन्ज र भारतीय बजार धाउनुपर्ने र बोतलको पेट्रोल प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ,’ उनले भने ।

पेट्रोल पम्पको उद्घाटन गर्दै गाउँपालिका प्रमुख इस्तियाक अहमद साहले बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक र बिजुलीसँगै पछिल्लोपटक पेट्रोल पम्प पनि सञ्चालनमा आएको बताए । उनले पेट्रोल पम्प सञ्चालनमा आएपछि गाउँपालिका समृद्धिको एक खुड्किला माथि उक्लेको बताए ।

सम्बन्धित् समाचार