गृहपृष्ठ Featured समानुपातिकतर्फ यी हुन् एमालेबाट निर्वाचित हुने ३४ सांसद (सूचीसहित)

समानुपातिकतर्फ यी हुन् एमालेबाट निर्वाचित हुने ३४ सांसद (सूचीसहित)

काठमाडौं ।

नेकपा (एमाले)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट उनीहरूको नामावली टुंगो लगाएको हो ।

यही मंसिर ४ गते भएको निर्वाचनबाट एमाले प्रतिनिधिसभामा दोसो दल बनेको छ । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ ।

आदिवासी जनजाति पुरुष 
देवीप्रसाद भट्टचन्द
हेमराज राई
कालुराम राई

आदिवासी जनजाति महिला 
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खसआर्य पुरुष 
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

खसआर्य महिला 
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारु महिला 
आस्माकुमारी चौधरी
शान्ति चौधरी

दलित 
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुकमणि राना बराली
हर्कमाया विश्वकर्मा

मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
विनादेवी
अमृतादेव अग्रहरी
प्रतीक्षा तिवारी

मुस्लिम 
सराज अहमद फारुकी

पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि निर्वाचन आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।

सम्बन्धित् समाचार