गृहपृष्ठ Featured बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध डायलेसिस सेवा पुनः सुचारु

बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध डायलेसिस सेवा पुनः सुचारु

बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलेसिस सेवा पुनः सुचारु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो ।

नेपालगन्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ ।

उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले बताए ।

उनका अनुसार बिरामीहरूको संख्या दिनहुँ बढ्दै गएको तथा बिरामीहरूलाई निकै समस्या भएकाले अहिले अस्पतालले डायलेसिस सेवा सुरु गरेको हो ।

सम्बन्धित् समाचार