गृहपृष्ठ Featured प्रचण्डलाई प्रधानमन्त्री बनाउने गल्ती एमालेले गर्दैन : सूर्य थापा

प्रचण्डलाई प्रधानमन्त्री बनाउने गल्ती एमालेले गर्दैन : सूर्य थापा

बुटवल ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले वामपन्थी सरकारको नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने गल्ती एमालेले नगर्ने बताएका छन्।

मुलुकमा अब वामपन्थीको नाममा मुरलीको धुन नबज्ने बताउँदै थापाले च्याखे थाप्ने प्रचण्डलाई अब अगाडि नसार्ने स्पष्ट पारे। बुटवलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै प्यूठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले भने, ‘जनताले वामपन्थी मिलुन् र फेरि गाइजात्रा गरून् भन्ने पक्षमा छैनन्। वामन्थी एकताबाट धोका पायौं। प्रचण्ड विश्वसनियताको ठूलो संकटमा छन्।’

बाम गठबन्धनको नाममा एमालले सिद्धान्तहीन दलहरुसँग एमालेले सहकार्य नगर्ने प्रष्ट्याए। ‘२०७४ सालमा बाम गठबन्धन नीति र सिद्धान्तमा आधारित रहेर गरिएको थियो तर, त्यसलाई माओवादीले उपयोग गरी पार्टी कब्जाको रणनीति बनायो,’ थापाले भने।

पार्टी अध्यक्ष केपी ओलीलाई चारचार पल्ट निष्काशित गर्नेहरुसँग फेरि एकताको कल्पना नगरिएको उनको भनाई छ। अहिलेको चुनावी परिणामले मुलुकमा अस्थिरता निम्तिने खतरा औंल्याउँदै थापाले स्थिरताका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने थापाले बताए।

सम्बन्धित् समाचार