सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण गरि बनाईएका संरचना हटाउने भएको छ । प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले विहिबार एक सुचना जारी गरि यस्तो जानकारी गराएका हुन् ।
प्रमुख प्रशासकिय अधिकृत गौतमले सुचना प्रकाशित भएको १५ दिन भित्र अर्थात पौष १५ गते भित्र सडक अतिक्रमण गरि बनाईएका तथा राखिएका वस्तु हटाउनु पर्ने बताए । अन्यथा नगरपालिकाले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।
मेयर केशव कुमार श्रेष्ठले कार्यापालिकाको यही मंसिर २० गते बसेको वैठकले यस्तो निर्णय गरेको र सोही अनुसार सुचना प्रकाशन गरिएको जानकारी दिए । सवारी आवगमन नै प्रभावित हुने गरि सडक छेउमा अबैध संरचना बनाउने, पशुचैपया बाँध्ने, बिस्कुन सुकाउने, नाली अतिक्रमण गर्ने जस्ता कार्यको अन्त्य गर्न नगरपालिकाले यस्तो कदम चाल्न लागेको उनले बताए ।
सडक दुर्घटना न्युनिकरण गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन आफु प्रतिवद्ध रहेको उनले दाबी गरे । ‘पौष १५ गतेदेखि सडक अतिक्रमण गरि बनाईएका संरचना हटाउने अभियानमा लाग्दै छौं,’ उनले भने, ‘सडक दुर्घटना न्युनिकरण गर्न, स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सधै प्रतिवद्ध छु ।’
यस्तो छ नगरपालिकाले जारी गरेको सुचना :









