सागर वि.क., वैखरी अनलाईन ।
श्री विनायक बचत तथा ऋण सरकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार श्रृङ्गीघाट कुलापानीको भवन चारनम्बर जितपुरमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारीले वित्तिय समाधानको लागी बचत तथा ऋणको माध्यमबाट सहयोगी भुमिका निर्वाह गरेको भन्दै खुशी व्यक्त गरे । यस क्षेत्रको आर्थिक कारोबारलाई चलायमान गराउँदै नगरको विकासमा सहकारीले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्दै जाने विश्वास व्यक्त गरे ।
छोटो समयमै सबैको विश्वास जित्दै विश्वासिलो सहकारीका रुपमा विनायक बचत तथा ऋण सहकारी स्थापित भएको उनले बताए । सहकारीका मूल्य मान्यताहरुलाई आत्मासाथ गर्दै अझ प्रभावकारी रुपमा अघि बढ्न उनले सुझाव दिए ।

संस्थाका अध्यक्ष राम प्रसाद गैरेले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । सोही क्रममा अध्यक्ष गैरेले वित्तिय तथा गैरवित्तिय क्रियाकलापको माध्यमबाट व्यक्तिको जीवन स्तर माथि उठाउँदै समुदायको दिगो विकासमा भूमिका खेल्ने उद्देश्यले सहकारीको स्थापना गरेको स्मरण गरे । सामान्य घर खर्चदेखि लिएर स्वआयआर्र्जनको क्रियाकलाप संचालन गर्न वित्तिय आवश्यक पर्ने उनको भनाई छ । अध्यक्ष गैरेले यस बार्षिक साधारणसभाले विगत एक बर्षको गम्भिर समिक्षा र दिगो तथा दुरगामी भविष्य निर्माणमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सहकारीका सचिव खिमानन्द पौडेल ‘कोपिल’ ले संस्थाका गतिविधिहरुको जानकारी गराउँदै आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सचिव पौडेलले सम्पति शुद्धिकरण निवारण कार्यविधि २०७९ लाई कार्यान्वयनमा ल्याउने नितिगत कार्ययोजना समेत सुनाए । यस्तै संस्थाका कोषाध्यक्ष विष्णु प्रसाद न्यौपानेले आर्थिक बर्ष २०७८/७९ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७८/७९ मा ४ करोड ३८ लाख ९२ हजार ७२१ रुपैयाँ बराबरको कारोबार गरेको कोषाध्यक्ष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार संस्थाले आर्थिक बर्ष २०७८/७९ मा ५२ लाख ४ हजार ८६८ रुपैयाँ आम्दानी गरेको छ, भने ४६ लाख ८३ हजार रुपैयाँ पुजीगत खर्च गरेको छ । संस्थाका ऋण उपसमिति संयोजक राजेन्द्र अर्यालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाका सचिव खिमानन्द पौडेल ‘कोपिल’ को संचालनमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य टोपकला वि.सी, प्रदेश सरकारी संघका लेखा संयोजक तेजप्रसाद अर्याल, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष हुमानाथ पौडेल, शालिकराम भूसाल लगायतको आतिथ्यतामा रहेको थियो ।








