गृहपृष्ठ Featured फ्रान्सविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २–० ले अगाडि

फ्रान्सविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २–० ले अगाडि

प्रकाशित मिति:

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा फ्रान्सविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता बनाएको छ । कतारको लुसैल रंगशालामा जारी खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

फ्रान्सका ओस्मान डेम्बेलेले १८ यार्ड बक्समा एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।

३६ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० मा पुर्‍याए । एलेक्सिस म्याक एलिस्टरले निकालेको बलमा बक्सभित्रबाट डी मारियाले सहजै पोस्टको दिशा दिए ।

अर्जेन्टिनाले ३६ वर्षयता विश्वकपको उपाधि जितेको छैन । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको छैन ।

यता फ्रान्सले भने पछिल्लो संस्करणको उपाधि जितेको थियो । फ्रान्सले उक्त विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

सम्बन्धित् समाचार