गृहपृष्ठ Featured महाराजगंजमा २ विद्यालय भवनको शिलान्यास

महाराजगंजमा २ विद्यालय भवनको शिलान्यास

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको महाराजगंज नगरपालिकामा विद्यालय भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बीच मेयर अब्दुल कलाम र उप–मेयर रीता कुमारी कुर्मीले संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

महाराजगंज- ११ मा रहेको श्री झिन्ना मावि बनगाईमा १२ कोठे भवनको र वडा नं. २ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय गैडहवाको भवन समेत निर्माण योजनाको शिलान्यास गरि निर्माण कार्य शुरुवात भएको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले जानकारी दिए । महाराजगंज नगरपालिकाको एघारौं नगरसभाबाट आर्थिक बर्ष २०७९्/८० को लागि स्वीकृत बार्षिक नीति तथा कार्यक्रम अनुसार विद्यालय भवनहरुको शिलान्यास गरेको मेयर कलामले बताए ।

उनले भवन निर्माण कार्य सम्पन्न पश्चात विद्यालयको पठनपाठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । भवनको अभावले विद्यालयमा विद्यार्थीहरुका लागी शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्न समस्या भएकाले अब भवनको निर्माणले त्यस समस्याको अन्त्य हुने उनको भनाई छ ।

उनले शिक्षाको क्षेत्रलाई नगरपालिकाले केन्द्र भागमा राखेर अघि बढेको समेत दाबी गरे ।

सम्बन्धित् समाचार