सुर्खेत ।
भेरी नदीमा बेवारिसे शव फेला परेको छ। शुक्रबार साँझ साढे ७ बजे शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका-२ कालिभिरस्थित भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार नामथर बतन खुलेको छैन्। शरीरमा कुनै पनि कपडा नभई घोप्टो अवस्थामा अन्दाजी २०/२२ वर्षको पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ।
शव पानीबाट बाहिर निकाली सुरक्षित साथ राखिएको र थप अनुसन्धानको प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नदी किनारमा शव तैरिरहेको अवस्थामा रहेको देखेपछि स्थानीयले टेलिफोनमार्फत प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो।








