काठमाडौं ।
सत्ता गठबन्धनको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुनेछ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनलगायत सहभागी छन् ।
आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।








