काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने भएको छ ।
कार्यभार ग्रहण गरेलगत्तै आज साँझ साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने स्रोतले जानकारी दियो ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीसहित अरू मन्त्री गरी आठजनाले आज शपथ लिएका छन् ।








