शम्भु वि.क., कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा अतिक्रमित जग्गा खालि गराउन् डोजर चलाउन सुरु गरिएको छ । विजयनगर गाउँपालिका- ७ मा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन वडा अध्यक्ष दिनेश कुमार चौधरीले डोजर चलाएका हुन् ।
दोस्रो पटक सोहि वडामा निर्वाचित भएका वडा अध्यक्ष चौधरीले सार्वजनिक जग्गा , सडक अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि गरेको भन्दै उनिहरुलाई सुचना निकालेका थिए । ३ महिना देखि अतिक्रमित जग्गा खालि गर्न सार्वजनिक सुचना जारी गरे पनि अटेरी गरे पछि वडा अध्यक्ष चौधरीले आफै डोजर लिएर अतिक्रमित जग्गामा डोजर चलाउन बाध्य भएको बताएका छन्।
सडक,सार्वजनिक जग्गा,मठ मन्दिरको जग्गा अतिक्रमणलाई हटाउन हातमा कागज लिएरै टहरा हरु भत्काएका छन् ।यस अघि उनले आफ्ना वडा बासी लाई घर घर पुगेर अतिक्रमित जग्गा खालि गर्न सुचना दिएका थिए।
सडक अतिक्रमणका कारण दुर्घटनाहुने सम्भावना बढेको भन्दै उनले सब भन्दा पहिले सार्वजनिक सडकलाई खालि गर्न लगाएका छन् ।सडक छेउमा अतिक्रमण गरी बनाइएका घरटहराहरु लाई हटाएका छन्। सो गाउँपालिका भित्र सार्वजनिक अतिक्रमित जग्गा खालि गराउने पहिलो वडा अध्यक्ष हुन दिनेश चौधरी।
महिनौ देखि सूचना निकाल्दा अटेरी गरि न हटाएका बाटोमा रहेका घर,टहर,गाइ गोरु बाध्ने खुटा,टाटी,घर अगाडि रहेको बाटो तथा नाली जाम,फोहोर गरेका लाई ,बिजयनगर वाड न।७ अध्यक्ष दिनेश कुमार चौधरी, खानेपानी तथा सरसफाइ शाखा प्रमुख अर्जुन बेल्बासे,इलाका प्रहारी कर्यालय गणेशपुर इन्स्पेक्टर बिजयराज तिमिल्सिना तिमिल्सिना,स्थानीय र पत्रकारको रोहबरमा हटाईएको छ।