काठमाडौं ।
नेपालका कम्युनिस्ट पार्टी एकताका लागि अभियान चलाउँदै आएका वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा भएको भेटमा गौतमले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । गौतमले नेपाललाई सरकारमा सहभागी हुन नसके गम्भीर भुल हुनेसमेत बताएका छन् ।
“अहिलेको सरकारमा माधव नेपाल पनि सामेल हुनुपर्छ । सामेल हुन सकिएन भने ऐतिहासिक भुल हुनेछ । प्रचण्डले सल्लाह नगरेर एक्लै काम गर्नुभयो, त्यो उहाँको आलोचनाको विषय हो । उहाँलाई त्यो ठाउँमा पुर्याउने साथीहरूसँग सम्मानजनक व्यवहार गर्नुभएन,” गौतमले भनेका छन् ।
तर, पनि नेपाल नेतृत्वको पार्टी सरकारमा जानैपर्ने उनको भनाइ छ ।








