गृहपृष्ठ Featured लुम्बिनीको अपराजित यात्रा कायमै

लुम्बिनीको अपराजित यात्रा कायमै

काठमाडौं ।

हरमित सिंहको तीन विकेट प्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा शुक्रबार काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ५० रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले आठ विकेट गुमाएर एक सय १५ रन मात्रै बनाउन सक्यो। काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले ३८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

काठमाडौंका दुवै ‌ओपनर- विरनदीप सिंह र लोकेश बमसँगै कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा पेभेलियन फर्केका थिए। कमलसिंह ऐरी १० बलमा १९ रन जोडेर अविजित रहे।

लुम्बिनीका लागि चार ओभरमा सात रन खर्चिएका हरमितले एक मेडनसहित सर्वाधिक तीन विकेट लिए। यस्तै, किशोर महतो, शाड्ली भान स्कलक्यक तिलक भण्डारी र ह्यारी टेक्टरले एक-एक विकेट लिए।

पहिलो इनिङमा लुम्बिनीका लागि कप्तान दीपेन्द्रले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४० रन जोडे। ओपनर लहिरु मिलान्था २५, कुशल भुर्तेल १९ रन जोडेर पेभेलियन फर्किँदा शाड्ली भान स्कलक्यक २१ रनमा अविजित रहेका थिए।

बलिङतर्फ काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाई दुई विकेट लिए। यस्तै, अविनाश बोहरा, अनिल खरेल, बासिर अहमद र सुनम गौतमले एक–एक विकेट लिएका थिए।

लुम्बिनी यसअघिका चार खेलमा अपराजित छ। काठमाडौंले भने तीनमध्ये दुई खेल जितेको छ।

सम्बन्धित् समाचार