वैखरी अनलाईन, बुद्धभूमि ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ ले वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । यही पौष १३ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा विद्यालयतर्फको प्रथम उपाधि सिद्धार्थ गौतम मेमोरियल बोर्डिङ स्कूलले हात पारेको छ भने, द्वितीय उपाधि जनकल्याण आधारभूत विद्यालय बुड्ढी र तृतीय उपाधि भृकुटी मा.वि. हासिल गरेको छ ।

यस्तै फुटबलतर्फको उपाधि डाबरा युवा क्लबले जितेको छ भने आदर्श युवा क्लब भैरमपुर द्वितीय र पृथ्वी युवा क्लब बुड्ढी तृतीय भएको छ ।
खेलकुदले व्यक्तिको शारिरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास गर्न अहम भूमिका निर्वाह गर्ने भएकाले प्रतियोगिता गरेको वडाध्यक्ष सुसिल कुमार चौधरीले बताए । उनले प्रतियोगिताले सहभागि खेलाडिलाई आफ्नो खेल सिप थप विकास गर्न मद्दत गरेको बताए । उनले खेलकुदकै माध्यमबाट वडा, नगर हुदैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने बताए ।
उनले वडाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको र खेलाडीहरुको खेल सिप विकासलाई आगी आगामी दिनमा पनि विभिन्न प्रतियोगिताहरु संचालन गर्दै जाने प्रतिवद्धता जनाए ।
उनले प्रतियोगिता भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिएका छन् ।








