गृहपृष्ठ Featured लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन

देउखुरी ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् ।

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको दाङको देउखुरीमा सोमबार बिहान भएको भेलाले चौधरीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए । तर घोषणा हुन बाँकी छ ।

कांग्रेसले प्रक्रिया पूरा गरेर घोषणा गर्ने जनाएको छ । चौधरीले पनि साथीहरुले सर्वसम्मत समर्थन जनाउनु भएको तर औपचारिक घोषणा गर्न बाँकी रहेको जानकारी दिए । चौधरी शेरबहादुर देउवा निटक मानिन्छन् ।

लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेताका लागि रुपन्देहीका अब्दुल रज्जाक, पाल्पाका बिरबहादुर राना र दाङकै राजु खनाल प्रतिस्पर्धी थिए । तीनै जनाले चौधरीलाई समर्थन गरेका छन् ।

दलको उपनेता चयनमा भने एकदुई दिन अझै लाग्ने चौधरीले बताए । चौधरी दाङको निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अहिलेको प्रदेशसभामा उनी ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री छन् । पुरानो सत्ता गठबन्धन अनुसार उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार थिए । नयाँ समिकरण बनेपछि उनले संसदीय दलको नेताकै रुपमा रहने छन् ।

सम्बन्धित् समाचार