गृहपृष्ठ अर्थ/वाणिज्य ‘कपिलवस्तुका बैंक तथा वित्तीय संस्थामा तालाबन्दीको चेतावनी’

‘कपिलवस्तुका बैंक तथा वित्तीय संस्थामा तालाबन्दीको चेतावनी’

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुका उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । अहिले व्यवसायीहरु आर्थिक मारमा परेको भन्दै यस्तो अवस्थामा थप मानसिक दबाब दिए बैंकहरुमा तालाबन्दी गर्ने उनीहरुको चेतावनी छ ।

सोमबार बैङ्क तथा वित्तीय संस्थाबाट भएको चर्को ब्याजदर वृद्धि तथा राष्ट्र बैङ्कले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका २०७९ का विरुद्धमा कपिलवस्तु उद्योग बाणिज्य संघले जनप्रतिनिधि र बैंकका प्रमुखसंग गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् । व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन उनीहरुले आग्रह गरेका छन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पूर्वअध्यक्ष विष्णु न्यौपाने, व्यवसायीहरु खिमानन्द पौडेल, खुमानन्द घिमिरे, रमेशचन्द्र भुसाल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगायतले आआफ्नो धारणा राख्दै अहिले देशको नै अर्थतन्त्र संकटग्रस्त रहेको अवस्थामा व्यवसायीहरुले आर्थिक मन्दिको सामाना गर्नुपरेको बताए ।

उनीहरुले उद्योगी व्यवसायीका मागहरु कतैबाट पनि सम्बोधन नभएपछि चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताए । ‘हामी रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका हौँ, हाम्रो मागहरु पूरा नभएसम्म आन्दोलनको कार्यक्रम निरन्तर रहने छन्’ उनीहरुले भने ।

बजार क्षेत्रमा देखिएको मन्दिले व्यवसायीहरू चिन्तित भइरहेको बेला बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा अत्यधिक वृद्धि र मानसिक दबाब बढाएको भन्दै उनीहरुले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई व्यवसायिक मैत्री वातावरण सिर्जना गर्न स्थानीय सरकारको दायित्व भएको बताए । उनले बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरुबीचको समधुर सम्बन्धले मात्र आर्थिक संकट टर्ने बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा बाणगंगा ४ का अध्यक्ष छविलाल रेस्मी मगर, वडा नम्बर १ का वडाध्यक्ष सन्जु सारु, वडा नम्बर २ का अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा नम्बर ५ का वडाध्यक्ष दुनिका भुसाल, वडा नम्बर १० का वडाध्यक्ष यमप्रसाद पोख्रेलले बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीहरुलाई किस्ता तिर्नका लागी दबाद नदिन आग्रह गरे । बैंकहरुले पनि व्यवसाय धरासायी भएको अवस्थामा व्यवसायीहरुको समस्यालाई बुझेर अघि बढ्नुपर्ने उनीहरुको भनाई छ ।

बाणगंगा बैङ्कर्स क्लवका कार्यकारी अध्यक्ष पदम पाण्डेले व्यवसायीहरुका माग लिखित रुपमै आउनुपर्ने बताए । उनले लिखित रुपमा आएका विषयलाई सम्बन्धित ठाउँ पुर्याउन सकिने र यस विषयमा केन्द्रस्तरमै छलफल हुने बताए ।

उद्योग व्यवसाय संचालक र बैंक तथा वित्तिय संस्थाको नेतृत्वमा पनि एउटै व्यक्ति हुदाँ यस्तो समस्या सिर्जना भएको उनको भनाई छ । उनले यस्तो अवस्थाको अन्त्य नभएसम्म बैंक तथा वित्तिय संस्था र व्यवसायीबीच अन्तरद्वन्द्व कायमै रहने बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायी, बैङ्कर्स, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सोही अन्तरक्रिया मार्फत विभिन्न ११ वटा निर्णय गरिएको छ ।

यस्ता छन् निर्णयहरु :

सम्बन्धित् समाचार