कपिलवस्तु ।
जाडो बढेपछि कपिलवस्तुका २ पालिकाका विद्यालय बन्द हुने भएका छन् । जिल्लाको यशोधरा र शुद्धोधन गाउँपालिका विद्यालय बन्द हुने भएका हुन् ।
यशोधरा गाउँपालिकामा १४ दिन र शुद्धोधन गाउँपालिकामा १० दिनको जाडो बिदा भएको हो । पुस ३० गतेसम्मका लागि विद्यालयमा बिदा दिइएको यशोधरा गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत तेज बहादुर सिंहले बताए।
शुद्धोधन गाउँपालिकामा पुस २० देखि पुस ३० गतेसम्म विदा दिईएको छ ।
जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताए।








