गृहपृष्ठ Featured बुटवलमा तीन दिने सडक खाना महोत्सवबाट दुई करोडको कारोवार

बुटवलमा तीन दिने सडक खाना महोत्सवबाट दुई करोडको कारोवार

प्रकाशित मिति:

रुपन्देही ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आयोजना गरिएको तीन दिने सडक खाना महोत्सव सकिएको छ । बुटवलको कालिकापथमा आयोजना गरिएको चाैथो सडक खाना महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेका छन् भने दुई करोड मूल्य बराबरको कारोवार भएको आयोजकले जनाएका छन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना गरिएको थियो । सडक खाना महोत्सवले सहभागी स्टलधनीहरुलाई पनि व्यवसाय गर्ने उपयुक्त अवसर प्रदान गरेको संघका महासचिव माधवकुमार खनालले बताए ।

महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष रामप्रसाद गौगमले उल्लेख गरे । बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सव गरिएको थियो ।

सम्बन्धित् समाचार