कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शील्ड र मेयर कप प्रतियोगीता सूरु भएको छ । वडा नम्बर ४ बुड्डीमा रहेको खेल मैदानमा मंगलबारदेखि प्रतियोगितामा भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित राष्ट्रपति रनिङ्घ शिल्ड प्रतियोगिता र मेयर कप प्रतियोगिताको आयोजना गरिएको मेयर केशव श्रेष्ठले जानकारी दिए । उनले खेलकुदलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । श्रेष्ठले नगरपालिकाले ६ करोड लगानीको रंगशाला निर्माणका लागि पहल गरेको बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले शारिरीक, मानसिक तथा सामाजिक विकासका लागी अहम भूमिका निर्वाह गर्ने खेलको महत्व बुझ्न आवश्यक रहेको बताए । उनले खेलकुदबाटै आफुलाई संसारभर चिनाउन सकिने भएकाले खेल सिपलाई विकास गर्दै लैजान आग्रह गरे ।
सांसद आचार्यले बुद्धुभुमी नगरपालिकामा रंगशाला निर्माणकालागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा बुद्धुभुमीमा रंगशाला निर्माण गरिनु पर्ने बताए । उनले खेलक्षेत्रको विकासमा आसातित लगानी नगरिएको अवस्थामा पालिकाले यसरी बिद्यार्थीको हौसला बढाउन गरिएको यो प्रतियोगीता आफैमा सराहनीय रहेको बताए । खेल भन्ने कुरा अनुशानमा आधारित रहने भन्दै उनले बिद्यालयका गुरुहरुले भोलीका सन्ततीकालागि चनाखो हुनु पर्ने बताए । उनले स्वास्थ्य शिक्षा लगातयका मौलिक हकका कुरा संबिधानमा लेखिए पनि अझै सम्म कार्यान्वय हुन नसकेको बताए ।
सो अवसरमा ल्म्बिनी प्रदेश सदस्य नवराज लामिछानेले खेल क्षेत्रको विकासकालागि आफुले सक्दो पहल गर्ने बताए ।
मेयर श्रेष्ठको अध्यक्षता र लिल बहादुर राउतको स्वागत मन्तब्यमा भएको उदघाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, पिताम्बर खनाल, बिष्णुहरि शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए । खेल पुस २३ गते सम्म चल्ने छ ।







