वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा र गजेहडा भु.पु.सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले समितिलाई लुम्बिनी प्रदेशकै एक नमुना आयोजनाका रुपमा विकास गर्न सफल भएको बताएका छन् । उनले समितिको ८औं बार्षिक साधरण सभा तथा तेस्रो अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आफुले नेतृत्व गरेको खानेपानी संस्था प्रदेशभर चर्चाको केन्द्र बनेको उनले दाबी गरे । उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन आफु प्रतिवद्ध रहेको उनले जिकीर गरे ।
उनले अझै पनि धेरैले खानेपानीको महत्व बुझ्न नसकेको बताए । स्थानीय सरकारदेखि संघीय सरकारले जनतासम्म सुरक्षित खानेपानी पुर्याउन थप लगानीसंगै चासो देखाउन जरुरी रहेको उनको भनाई छ । उनले पानीको अभावमा मानिसको जीवन रक्षा हुन नसक्ने बताउँदै उनले भने, ‘पानी विना मानव जिवनको कल्पना पनि गर्न सकिदैन् । पानी विना जीवनयापन हुन सक्दैन् ।’
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पनि अध्यक्ष शाहले खानेपानी समितिको नेतृत्व गरेर नमुना काम गर्न सफल भएको भन्दै प्रसंशा गरेका थिए ।








