गृहपृष्ठ कपिलवस्तु बिशेष १३औं कपिलवस्तु महोत्सवको तयारी सुरु

१३औं कपिलवस्तु महोत्सवको तयारी सुरु

वैखरी अनलाईन, बाणगंगा ।

माघ १७ गतेदेखि २९ गतेसम्म हुने १३औं कपिलवस्तु महोत्सवको तयारी सुरु भएको छ । बाणगंगा- ४ मा रहेको बुद्धरंगशालामा हुने महोत्सव स्थललाई आकर्षक बनाउन अहिले कामदारहरु दैनिक खटिरहेका छन् । महोत्सवको संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले हाल ब्राउन्ड्री निर्माणको काम सम्पन्न भएको जानकारी दिए ।

उनले प्रवेशद्धार, स्टल निर्माण स्थल, सचिवालय निर्माणको काम अहिले चलिरहेको बताए । उनले महोत्सव उद्घाटनको दिन भन्दा ५ दिन अघि नै सक्ने गरि तयारीका कामहरु सुरु भएको बताए । अहिले महोत्सवमा करिब ३५० स्टल रहने उनले बताए । स्टलको सम्पुर्ण जिम्मा मदन पौडेललाई दिएको बताउँदै उनले भने, ‘स्थानीय स्तरका उत्पादन, उद्योगी व्यवसायीलाई महोत्सवमा विशेष स्थान दिईने छ ।’

विभिन्न आवश्यक समितिहरु गठन गरि कामहरु तीब्र गतिमा अघि बढेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन प्रवद्र्धनमा जोड दिने उनको भनाई छ ।

यस अघि १३औं कपिलवस्तु महोत्सव मंसिर १९ गतेदेखि नै संचालन गर्ने भनिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा अन्य विविध कारणले महोत्सव उक्त मितिमा संचालन गर्न नसकेको आयोजकले जनाएको थियो ।

सम्बन्धित् समाचार