गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा दाउरा अभाव !

बाणगंगामा दाउरा अभाव !

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा दाउरा वितरणमा समस्या देखिएको छ । नगरभित्रका सामुदायिक वनहरुमा विगत ३ बर्षदेखि दाउरा कटान नहुँदा दाउरा वितरणमा समस्या देखिएको हो । नगरपालिकाको विपत व्यवस्थापन समितिको बैठक बसि वडाध्यक्षहरुले सामुदायिक वनहरुसंग समन्वय गरि चोकचोक दाउरा झार्ने निर्णय गरेको थियो ।

तर सामुदायिक वनहरुमा विगत ३ बर्षदेखि दाउरा कटानको आदेश नहुँदा काठदाउरा अभाव देखिएको मेयर चक्रपाणी अर्यालले बताए ।

नगरपालिकाका २ वटा सामुदायिक वनमा मात्र काठदाउरा रहेको जानकारी आफुले पाएको बताउँदै उनले भने, ‘वनहरुको अवलोकन र सबै बुझ्दाँ काठदाउराको अभाव देखियो । अब भएका काठदाउरा र रुखहरुका जरा उखेलेर भए पनि उपयोग गर्नुपर्ने देखिन्छ ।’

अहिले वडा नम्बर ५ र ६ मा दाउरा वितरणको काम सुरु भएको र अन्यमा वडामा पनि वितरणको काम सुरु गर्ने तयारी रहेको उनले बताए । मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु हेरेर आवश्यकता अनुसार दाउरा वितरण गरिने उनको भनाई छ ।

हालसम्म दाउराको मात्र माग आएको बताउँदै उनले भने, ‘नगरको विपत व्यवस्थापन समितिमा बजेट छ । विपत व्यवस्थापन कार्यालयको निर्देशन बमोजित जाडोबाट बनाउन अन्य काम गर्छौ ।’

कपिलवस्तुमा शितलहरसंगै अत्यधिक जाडो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

सम्बन्धित् समाचार