वैखरी अनलाईन, बाणगंगा ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक भव्य कार्यक्रमकाबीच उक्त सहकारीको दोस्रो साधारण सभा सम्पन्न भएको हो । बाणगंगाका विभिन्न चार स्थानमा सहकारीको साधारणसभा सम्पन्न भएको सहकारीका व्यवस्थापक दिनामणी खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सिनर्जीले छोटो समयमा ठूलो उपलब्धि हासिल गरेको बताएका थिए । उनीहरुले जनताको जीवनस्तर उकास्न यस सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि थप राम्रा कार्यक्रम ल्याएर त्यो गतिलाई अघि बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहकारीका सचिव कृष्ण प्रसाद न्यौपानले प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चारनम्बर जितपुरमा सम्पन्न साधारण सभाको संचालन व्यवस्थापक दिनामणि खनालले गरेका थिए ।








