गृहपृष्ठ Featured पृथ्वी सामुदायिक वनको अध्यक्षमा शिवकुमार चौधरी चयन

पृथ्वी सामुदायिक वनको अध्यक्षमा शिवकुमार चौधरी चयन

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

पृथ्वी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शिवकुमार चौधरी चयन भएका छन् । बुद्धभूमि नगरपालिका वडा नम्बर ४ मा रहेको उक्त सामुदायिक वनको शनिबार भएको ५औं अधिवेशनबाट चौधरी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा मिना बन्जाडे, सचिवमा रेस्मी थारु, कोषाध्यक्षमा राजेश कुमार चौधरी चयन भएका छन् भने कार्यसमिति सदस्यहरुमा सुवास थारु, प्रमिला थारु, जयप्रकाश थारु, आशा थारु, राम विहारी थारु, मेनका थारु र सपना थारु चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई वडा नम्बर ४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले वनको संरक्षण तथा सम्बद्र्धनमा एकताबद्ध भएर लाग्न सुझाव दिए । वडाध्यक्ष चौधरीले पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं वनका उपभोक्तालाई सहज रुपमा काठदाउरा उपलब्ध गराउन आग्रह गरे । सामुदायिक वनका आधारभूत मूल्यमान्यतालाई आत्मासाथ गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।

यस्तै सोही दिन वनको ९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अध्यक्ष गोपाल प्रसाद चौधरीले बार्षिक प्रगति प्रतिवेदन र निति तथा कार्यक्रम, कोषाध्यक्ष सुसिल चौधरीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सम्भु थारुले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित् समाचार