गृहपृष्ठ Featured सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

प्रकाशित मिति:

काठमाडौं ।

सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेकाे थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो ।

सम्बन्धित् समाचार