आज नियुक्त हुने दुवै मन्त्री विना विभागीय हुने ती नेताले बताए । दलहरुबीच मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले विना विभागीय मन्त्रीका रुपमा शपथ लिने तयारी रहेको उनले बताए । मुख्यमन्त्री गिरी कुनै पनि हालतमा ११ भन्दा बढी मन्त्री बनाउन तयार छैनन् ।
एमालेको प्रस्तावमा एमालेलाई ४ माओवादीलाई २ र साना दललाई एक-एक गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी छ । माओवादीले ४ मन्त्रालय दाबी गरेको छ । नागरिक उन्मुक्ति,जनमत र जसपाले पनि हैसियत भन्दा बढी मन्त्री माग गरेर मोर्चाबन्दी गरेका छन् ।
त्यसले पनि मन्त्रालयको भागबन्डा मिलाउन कठिन भएकाले विश्वासको मत लिएपछि मात्रै पूर्ण आकारको मन्त्रिमण्डल बनाउने मुख्यमन्त्रीको तयारी छ ।
केन्द्रमा सरकार बाहिर रहेको लोसपाले पनि लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । मन्त्री पाइने लोभमा लोसपाले सरकार बनाउन हस्ताक्षर गरेको राजनीतिक वृत्तमा चर्चा छ । लोसपा विना पनि सत्ता गठबन्धनलाई पर्याप्त बहुमत हुँदा हुँदै मन्त्री बन्न पाइन्छ कि भन्ने लोभमै गठबन्धनमा मिसिएको टिप्पणी छ ।
उक्त दलका नेता सन्तोष पाण्डेले भने राजनीतिक स्थायित्वका लागि सरकारलाई समर्थन गरेको तर्क गर्छन् । गत चुनावमा उनले एमालेविरुद्ध गरेको अनर्गल प्रचारका कारण उनलाई मन्त्री बनाउन नहुने एमालेका अधिकांश नेताहरूको मत रहेको छ ।