गृहपृष्ठ कपिलवस्तु बिशेष १३ औं कपिलवस्तु महोत्सवको तयारी थप तीब्र

१३ औं कपिलवस्तु महोत्सवको तयारी थप तीब्र

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

१३ औं कपिलवस्तु महोत्सवको तयारीलाई थप तीब्र पारिएको छ । माघ १७ गतेदेखि २९ गतेसम्म हुने उक्त महोत्सवको तयारीलाई थप तीब्र पारिएको हो । महोत्सव बाणगंगा- ४ मा रहेको बुद्धरंगशालामा हुदैछ ।

महोत्सव स्थल सौन्दर्यीकरणको काम भईरहेको महोत्सवका निर्देशक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए । उनका अनुसार हाल ब्राउन्ड्री निर्माणको काम पुर्ण रुपमा सम्पन्न भएको छ भने स्टल निर्माणको काम ३० प्रतिशत सकिएको छ ।

महोत्सवमा यस पटक पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिने र कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गरिने उनले बताए । कोरोनाका कारण समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाइ छ ।

महोत्सवको संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले कपिलवस्तुको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आशा जनाए । उनले प्रवेशद्धार, सचिवालय निर्माणको काम हाल भईरहेको जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै स्थानीय कला र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिने कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । उनले महोत्सवमा विभिन्न खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीहरुका साथै वालवालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था गरिएको बताए ।

स्टल बुकिङ्ग खुला गरेको र हाल बुकिङ्गको क्रम जारी रहेको स्टल संयोजक मदन पौडेलले जानकारी दिए । उनले औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्ग खुला गरेको बताए । समयमै बुकिङ्ग गरि आफ्नो स्टल सुरक्षित गर्न उनले आग्रह समेत गरे ।

मंसिर १९ देखि हुने भनिएको महोत्सव यसपटक देशमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका कारण पर सारेर माघ १७ गतेदेखि माघ २९ गतेसम्म आयोजना गर्न लागिएको हो ।

सम्बन्धित् समाचार