गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमि नगरपालिकामा वन विधेयक जारी

बुद्धभूमि नगरपालिकामा वन विधेयक जारी

बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वन विधेयक जारी गरिएको छ ।

बिहीबार सम्पन्न नगरको १२ औं नगर सभा तथा हिउँदे अधिवेशनले वन विधेयक जारी गरेको मेयर केशवकुमार श्रेष्ठले जानकारी दिए । नगर क्षेत्र भित्र रहेका वनहरुलाई ब्यवस्थित बनाउनका लागि बिधेयक जारी गरिएको मेयर श्रेष्ठको भनाई छ ।

संबिधानले स्थानीय तहलाई दिएको अधिकारलाई प्रयोग गरि वन बिधेयक जारी गरिको नगर प्रमुख श्रेष्ठले बताए ।

नगरमा सामुदायिक वन ६५ ओटा रहेका छन् भने साझेदारी वन दुई ओटा रहेका छन् ।

यस्तै नगर सभाले खानेपानी तथा सरसफाइ बिधेयक-२०७९ र स्थानीय पाठ्यक्रम-२०७९ सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगरका बिधेयक समितिका संयोजक सन्दीप पाण्डेले सभामा बिधेयक प्रस्तुत गरेका थिए । सभामा पेश भएका बिधेयक सर्वसम्मत रुपमा पारित भएका हुन् ।

नगरसभाले कतिपय चालू योजना थपघट गरेको छ । साथै चालू आवमा हालसम्म भएका कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो ।

नगर उप(प्रमुख मीरा थारुले नगरसभामा चालू आवमा न्यायिक समितिको अवस्था प्रस्तुत गरेकी थिइन् । बुद्धभूमि चालू आवमा १४ मुद्धा आएका र त्यसमा दुई मुद्धा फर्यौट भएको थारुले जानकारी गराएकी थिइन् ।

सम्बन्धित् समाचार