वैखरी अनलाईन, बाणगंगा ।
नेकपा एमाले कपिलवस्तुका पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कपिलवस्तुबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मन्त्री नबनाएको भन्दै गुनासो गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत गुनासो पोखेका हुन् ।
उनले कपिलवस्तुबाट निर्वाचन सांसदलाई मन्त्री बनाउनेमा आफु आशावादी रहेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘मुख्य मन्त्री कमरेड , कपिलवस्तुलाई पनि मन्त्री बनाउनु परयो । हामीले त पुरै आशा गरेका छौं ।’

अहिले कपिलवस्तु जिल्लाभर प्रदेश र केन्द्रले कपिलवस्तुबाट निर्वाचन सांसदलाई मन्त्री नबनाएको भन्दै एमालेकै कतिपय क्रियाशिल कार्यकर्ताले चर्को असन्तुष्टि जनाईरहेका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ बाट दोस्रो पटक निर्वाचित भएसंगै प्रदेश सांसद विष्णु पन्थी मन्त्री बन्ने चर्चा चलेको थियो ।








