कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालतअगाडि विरोध प्रदर्शन गरिएको छ । मंगलबार उनकी श्रीमती आरती गिरी रावललगायत व्यक्तिले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरैपटक न्याय परिषद्मा गए पनि मुदद नै दर्ता नगरेको र पीडितका कुरा सुनुवाइ नभएको जिकिर गरिन् ।
यस्तै, प्रदर्शनमा सहभागी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन् । उनले आरोपित गिरीको ‘कम्प्लेन’ नै न्याय परिषद्ले लिन नमानेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ ।