गृहपृष्ठ Featured कपिलवस्तुका न्यायाधीश गिरीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चअगाडि प्रदर्शन

कपिलवस्तुका न्यायाधीश गिरीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चअगाडि प्रदर्शन

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालतअगाडि विरोध प्रदर्शन गरिएको छ । मंगलबार उनकी श्रीमती आरती गिरी रावललगायत व्यक्तिले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरैपटक न्याय परिषद्मा गए पनि मुदद नै दर्ता नगरेको र पीडितका कुरा सुनुवाइ नभएको जिकिर गरिन् ।

 

“न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँको श्रीमती हो, आरती गिरी । हामी धेरैपटक भइसक्यो, न्यायालय धाएको । तर, प्रक्रिया अघि बढाइदिनुभएको छैन । न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो ?,” उनले भनिन्, “हामी पीडितहरू अब सडकमा उत्रिएर आन्दोलन गर्नेछौँ । म काकाससुरा पर्नेबाट पटक–पटक बलात्कारको प्रयास भयो, ममाथि । उसलाई खोइ सजाय ? हामीलाई न्याय दिएको खै ?”

यस्तै, प्रदर्शनमा सहभागी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन् । उनले आरोपित गिरीको ‘कम्प्लेन’ नै न्याय परिषद्ले लिन नमानेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ ।

सम्बन्धित् समाचार