गृहपृष्ठ Featured बाँकेमा एक होटलबाट नक्कली पैसा छाप्ने मेसिनसहित नोट बरामद

बाँकेमा एक होटलबाट नक्कली पैसा छाप्ने मेसिनसहित नोट बरामद

बाँके ।

बाँके प्रहरीले नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नोट बरामद गरेको छ । धम्बोझी चोकस्थित रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जानकारी दिए ।

कोठामा खोजतलासी गर्दा ५० रुपैयाँका केही थान नक्कली नोट र पैसा छाप्ने प्रिन्टर बरामद गरेको छ ।

होटलमा पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको हो । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होटलमा बसेका व्यक्तिलाई भने पक्राउ गरेको छैन । प्रहरीले ती व्यक्तिलाई खोजिरहेको जनाएको छ ।

एसपी राठौरले घटनाबारे थप अनुसन्धान भइरहेको पनि बताए ।

सम्बन्धित् समाचार