बाँके ।
जिल्लाको नेपालगन्ज उपमहानगर- १० मा एक व्यक्तिको घरको मेन गेटमा अड्किएर मृत्यु भएको छ। स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किँदा झुन्डिएर मृत्यु भएको हो ।
भण्डारी हतारमा गेट चढ्दाचढ्दै कपडा अड्किएर झुन्डिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
भण्डारीको विगतमा पनि आचरणमा ठिक नभएको घर्तीले बताए । तर उनी सो घरमा चोरी गर्न नै गएका थिए भन्ने आधार अझैसम्म नभेटिएको उनको भनाई छ ।
राती के कारणले उनी अर्काको घरको गेटमा चढ्न पुगे भन्ने विषयमा भने अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।