गृहपृष्ठ Featured कपिलवस्तु जेसीजको उपाध्यक्ष भएपछि पाण्डेले भने- ‘जिम्मेवारी कुशलतापुर्वक निभाउँछु’

कपिलवस्तु जेसीजको उपाध्यक्ष भएपछि पाण्डेले भने- ‘जिम्मेवारी कुशलतापुर्वक निभाउँछु’

बाणगंगा, वैखरी अनलाईन ।

कपिलवस्तु जेसीजको उपाध्यक्षमा तिलक राम (टिआर) पाण्डे निर्विरोध निर्वाचित भएका छन् । २३ औ शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि पाण्डे कपिलवस्तु जेसीजको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित उपाध्यक्ष पाण्डेले युवाहरुको क्षेत्रमा कपिलवस्तु जेसीजले स्थापना कालदेखि नै काम गर्दै आएको र आगामी दिनमा पनि २०२३ को बोर्डले उदाहरणीय काम गर्ने बताए । ‘सामाजिक कामसंगै युवाको क्षेत्रमा केही काम गर्ने हुटहुटी थियो । त्यहीभएर कपिलवस्तु जेसीजमा आवद्ध भए ।,’ उनले भने, ‘अहिले उपाध्यक्षको जिम्मेवारी पाएको छु । यसलाई कुशलतापुर्वक निभाउँछु ।’

उनले आफुलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गर्न साथ सहयोग गर्नेप्रति आभार समेत व्यक्त गरेका छन् ।

पाण्डेसंगै उपाध्यक्षमा ईश्वरराज न्यौपाने, महेशकृष्ण आचार्य र रीतु खरेल चयन भएका छन् ।

कपिलवस्तु जेसिजको अध्यक्षमा भने अमृत घिमिरे निर्वाचित भएका छन् । अध्यक्ष घिमिरेले कानुनी सल्लाहकारमा जेसि प्रविनन पौडेललाई मनोनित गरेका छन् ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसि चन्द्रकान्त पोख्रेल र जेसि झबिन्द्र खनाल चयन भएका छन् । अन्य पदाधिकारी भने पछि चयन हुने बताईएको छ ।

सम्बन्धित् समाचार