गृहपृष्ठ Featured प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ : शेखर कोइराला

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ : शेखर कोइराला

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु गलत भएको बताएका छन् ।

आइतबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठकमा उनले पार्टीले लिएको निर्णयले पार्टीलाई नै क्षति भइरहेको बताए ।

“हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौँ । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समिति बैठकमा राखेको थिएँ,” शेखरले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, “बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिनु हुन्थेन ।”

सम्बन्धित् समाचार