गृहपृष्ठ कपिलवस्तु बिशेष ‘१३ औं कपिलवस्तु महोत्सवमा स्टल बुकिङ्गको काम तीब्र’

‘१३ औं कपिलवस्तु महोत्सवमा स्टल बुकिङ्गको काम तीब्र’

सागर वि.क., वैखरी अनलाईन ।

१३ औं कपिलवस्तु महोत्सवमा स्टल बुकिङ्गको कामलाई तीब्रता दिईएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगा ४ स्थित बुद्धरंगशालामा हुदैं छ । महोत्सव उद्घाटन हुन अब ८ दिन मात्र बाँकी छ । स्टल निर्माणको काम सकिएर स्टल बुकिङ्गको काम धमाधम भईरहेको स्टल संयोजक मदन पौडेलले जानकारी दिए ।

औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्गको काम भईरहेको उनले बताए ।
‘स्टलमा विशेष गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिईन्छ ।,’ उनले भने, ‘यस क्षेत्रका उद्योगी व्यवसायीलाई राहत दिलाउन महोत्सवले महत्वपुर्ण भूमिका खेल्ने छ ।’

महोत्सवमा करिब ३ सय स्टल रहने जानकारी दिदैं उनले हालसम्म करिब २ सय स्टल बुकिङ्ग भएको बताए । ‘महोत्सब नाफा मात्रै कमाउने थलोको रुपमा होइन, स्थानिय उत्पादलाई प्रोत्साहन गर्ने हाम्रो निती हो ।,’ उनले भने ।

उनले संकटमा परेको अर्थतन्त्रलाई माथि उठाउन महोत्सव महत्वपूर्ण सावित हुने दाबी गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उनले बताए ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने गरि स्टलहरु स्थल तथा महोत्सव स्थल सौन्दर्यीकरणको काम भईरहेको बताए ।

सम्बन्धित् समाचार