वैखरी अनलाईन, बाणगंगा ।
उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ निर्विरोध निर्वाचित भएका छन् । संघको आज मंगलबार भएको पहिलो अधिवेशनबाट पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा यम बहादुर के.सी., खुला उपाध्यक्षमा हेमनाथ पौडेल, एसोसियट उपाध्यक्षमा अनुप कुमार चौधरी, वस्तुगत उपाध्यक्षमा वेदराज नेपाली, उद्योग उपाध्यक्षमा नेत्र पाण्डे, बाणिज्य उपाध्यक्षमा शेकर क्षेत्री, महिला उपाध्यक्षमा गीतादेवी पौडेल, महासचिवमा बासुदेव खनाल, कोषाध्यक्षमा शालिकराम आचार्य, सचिवमा होतराज पोख्रेल र सहकोषाध्यक्षमा गोविन्द पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यहरुमा अस्मिता पौडेल, मधुकला भट्टराई, विमला क्षेत्री निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा अब्दुल सहमान खाँन, गणेश अधिकारी, नवराज बेल्वासे, माधवभाट क्षेत्री, विष्णु पाण्डे, नारायण प्रसाद आचार्य, कृष्ण प्रसाद पौडेल, मुक्तिराम कँडेल, सन्तोष गैरे, बेलाल अहमद खान, नारायण पौडेल र सुक्मदिन मियाँ निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित पदाधिकारीहरुले मंगलबार नै सपथ ग्रहण गरि प्रमाण पत्र समेत लिएका छन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले व्यवसायीको हक हितको क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन । उनले व्यापारको संरक्षण एवम् प्रवद्र्धन गर्न आफु प्रतिवद्ध रहेको जिकीर गरेका छन् ।








