गृहपृष्ठ अर्थ/वाणिज्य बाणगंगा- १ बैरियामा २० लाखको लगानीमा ‘फ्रेस ट्रेड कन्सर्न’

बाणगंगा- १ बैरियामा २० लाखको लगानीमा ‘फ्रेस ट्रेड कन्सर्न’

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको मुख्य व्यापारीक केन्द्रका रुपमा स्थापित हुन लागेको बाणगंगामा ‘फ्रेस ट्रेड कन्सर्न’ संचालनमा आएको छ । विहिबार सरस्वती पुजाको अवसर पारेर विधिवत रुपमा उद्घाटन गरिएसंगै ‘फ्रेस ट्रेड कन्सर्न’ संचालनमा आएको हो ।

बाणगंगा नगरपालिका १ बैरियामा यस क्षेत्रको मागलाई ध्यानमा राखेर व्यवसाय सुरु गरेको संचालक अजय घिमिरेले बताए । दुई हप्ता पहिलेदेखि नै सेवा दिन सुरु गरेको जानकारी दिदैं उनले भने, ‘यो एम्पलको आधिकाररिक विक्रेता हो । जहाँ मोटरसाईकदेखि अटोसम्मका सबै ब्याट्रीहरु उपलब्ध छन् ।’

रोजगारीको शिलशिलामा ६ बर्ष कतार बसेर आएका घिमिरेले २० लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन् । कतारमा ईलेक्ट्रोनिक सुपरवाईजरका रुपमा काम गरि अनुभव प्राप्त गरेका उनले पछिल्लो समय विराजनगरमा ब्याट्रीकै काम गर्दै आएका थिए । ब्याट्रीको लागी बुटवल, भैरहवादेखि काठमाण्डौंसम्म जानुपर्ने यस क्षेत्रका जनताको बाध्यात्मक अवस्थाको अन्त्य गर्न व्यवसाय महत्वपुर्ण सावित हुने उनले बताए ।

विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचले यस व्यवसाय संचालनमा ल्याएको उनको भनाई छ । अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत भई व्यवसायतर्फ आकर्षित हुने क्रम बढेको उनले बताए ।

अब विदेशमा युवाहरु जानुको साटो स्वदेशमै केही गर्ने वातावरण सरकारले मिलाउनुपर्ने उनको भनाई छ । उनले स्थानीय स्तरमा संचालनमा आएका व्यापार, व्यवसायलाई प्रवद्र्घन गर्न स्थानीयदेखि केन्द्र सरकारको चासो देखाउन आवश्यक रहेको बताए । उनले सुरुवाती चरणमा व्यवसाय संचालनका क्रममा जटिलता देखिए पनि आफु निरन्तर रुपमा प्रतिवद्ध भएर लाग्ने बताए ।

‘सुरुमा धेरै समस्याहरुको सामना गर्नुपर्ने स्थिति आउन सक्छ’, उनले भने, ‘त्यसप्रति म सचेत छु । व्यवसायप्रति प्रतिवद्ध भएर लाग्ने सोच छ । व्यवसाय गर्दा प्राराम्भिक चरणमा घाटा भए पनि त्यसलाई निरन्तरता दिदैं जानुपर्ने र धैर्यता कायम गर्न सक्नुपर्ने उनको भनाई छ ।
२८ बर्षीय घिमिरे बाणगंगा १ बैरिया निवासी हुन् ।

सम्बन्धित् समाचार